नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंक क्लियरिङ बैंकको रुपमा छनौट भएका छन् । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत मापदण्ड र मूल्याङ्कन तालिका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले यी तीन वाणिज्य बैंकलाई क्लियरिङ बैंकको रुपमा छनौट गरेको हो ।
थप तीन वटा क्लियरिङ बैंक नियुक्त गर्न सीडीएससीले सूचना प्रकाशित गरी आशयपत्र माग गरेको थियो । जसअनुसार, सानिमा बैंक, बैंक अफ काठमाडौं, नविल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेष्ट बैंक र एनबी बैंकले आशयपत्र पेश गरेका थिए । प्राप्त आशयपत्रहरुको मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने बैंकहरुलाई सिडिएससीको मूल्यांकन समितिले सिफारिस गरेको जनाइएको छ ।
हालसम्म ग्लोबल आईएमइ बैंक एक्लैले क्लियरिङ बैंकको काम गरि रहेको छ । तीन वटा क्लियरिङ बैंक सेयर लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फर्छ्यौटमा थप सहजता प्राप्त गर्ने विश्वास लिइएको छ ।
