Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राधी विद्युत् कम्पनीको चार लाख कित्ता सेयर आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

२०७३ चैत्र ३ गते

राधी विद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरेको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । 

कम्पनीले आयोजना प्रभावितलाई सहित कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रवावितका लागि पहिले एक सय रुपैयाँ अंकित दरमा चार करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । उक्त सेयर जारी गरेपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने कम्पनीले जनाएको छ । सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

घोर्मु गाविस ३ लमजुङमा राधी खोलामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय ग्रीडमा बिक्री गरेको छ । ६० करोड रुपैयाँ लागतमा सम्पन्न आयोजनामा बैंक अफ काठमाण्डूको नेतृत्वमा सानिमा बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक र जनता बैंकको संयुक्त ऋण लगानी रहेको छ ।