Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो चार कम्पनीको दुई करोड ३४ लाख कित्ता सेयर

admin २०७३ चैत्र ३ गते
सेयर:

विहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । दुई वटा विकास बैंक, एउटा वाणिज्य बैंक र एउटा जलविद्युत् कम्पनीको कुल दुई करोड ३४ लाख २९ हजार नौ सय १४ दशमलव सात कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । विहीबार सूचिकृत सेयरमध्ये एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर र बाँकी बोनस सेयर रहेका छन् ।

विहीबार नेप्सेमा सेयर सूचिकृत गराउने कम्पनीहरु

  • चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ लाख ३४ हजार चार सय ७६ दबमलव ८० कित्ता बोनस सेयर
  • कृषि विकास बैंक लिमिटेडको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर
  • हाम्रो विकास बैंक लिमिटेडको तीन लाख पाँच हजार आठ सय ३३ दशमलव ८७५ कित्ता बोनस सेयर
  • कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख एक हजार छ सय चार कित्ता बोनस सेयर
     
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।