बुधबारदेखि यती डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडको नेप्सेमा कारोबार रोक्का गरिएको छ । यी दुई बैंक एकआपसमा गाभिने भएपछि मर्जरसम्बन्धी व्यवस्था मिलाउन सेयर कारोबार रोक्का गरिएको हो । काठमाडौँको थापाथलीमा केन्द्रीय कार्यालय रहेको यती र दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मीबीच मंगलबार मर्जर सम्झौता भएको हो । यी दुई राष्ट्रिय स्तरका विकास बैंक गाभिएर दुई अर्ब ६३ करोड रुपैयाँ चुक्तापुँजी भएको देशकै ठूलो विकास बैंक बन्न लागेका हुन् । मर्जरपछि महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने गरी प्रक्रिया अघि बढाएको बताइएको छ ।
