Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३० प्रतिशत हकप्रद जारी गर्दै सानिमा बैंक, धितोपत्र बोर्डले दियो स्वीकृति 

admin २०७३ चैत्र १ गते
सेयर:

सानिमा बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न सोमबार (फागुन ३० गते) बोर्डको स्वीकृति पाएको हो । 

सानिमाले गत वार्षिक साधारण सभाबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । बैंकले सेयरधनीहरुलाई एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि बैंकले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल सानिमा बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।