Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिमोट वर्कस्टेशन सम्बन्धी काम कहाँ पुग्यो ? ब्रोकरसँग नेप्सेले माग्यो जानकारी

२०७३ फाल्गुन २५ गते

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सदस्य दलालहरुलाई Remote Work Station (RWS) खोल्ने सम्बन्धमा भए÷गरेको प्रगति सम्बन्धी जानकारी माग गरेको छ । स्टक एक्सचेन्जले ईच्छुक सदस्य दलालहरुलाई गत माघ ११ गते तोकिएको मापदण्ड अनुरुप पूर्वाधार तयार गरी जानकारी गराउन पत्राचार गरेको थियो । 

यस अघि लि. को सञ्चालक समितिले धितोपत्र दलाल व्यवसायीहरुलाई रिमोट वर्कस्टेशन विस्तारका सम्बन्धमा धितोपत्र दलाल व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, जनशक्ति र राफसाफ एवम् फछ्र्यौट कार्य व्यवस्थापन सम्बन्धी व्यहोरा नेपाल धितोपत्र बोर्डलाई जानकारी गराई प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई निर्देशन दिएको थियो ।