Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो नेप्से : नयाँ नेपाल लघुवित्तका सेयरधनीेले १० प्रतिशत कमाए

२०७३ फाल्गुन २४ गते

केही दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.८५ अंकले घटेर १३४१.५६ अंकमा कायम भएको हो । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ७४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ४१ करोड ९६ लाख १४ हजार दुई सय ५५ रुपैयाँको कारोबार भएको छ । 

१४० वटा कम्पनीको सात लाख ९४ हजार पाँच सय ७९ कित्ता सेयर चार हजार चार सय १८ पटक खरिदविक्री भएको बजारमा सबैभन्दा धेरै कारोबार सिटिजन्स बैंकको भएको छ । बैंकको तीन करोड ६५ लाख २५ हजार छ सय ४२ रुपैयाँको कारोबार भएको छ । सोमबारदेखि नेप्सेमा कारोबार खुलेको एनसीसी बैंकको पनि मंगलबार तीन करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकको दुई करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको क्रमशः ९८ लाख, ८७ लाख र ७९ लाखमाथिको कारोबारक भएको छ । 

नयाँ नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा आरएसडीसी लघुवित्त, युनाइटेड फाइनान्स र अपि पावर कम्पनीका सेयरधनीले क्रमशः ९.९३, ७.७३ र ७.१८ प्रतिशतका दरले कमाएका छन् । कुल १८ कम्पनीको सेयरमूल्य बढेको दिन नागबेली लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त, बुटवल पावर कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ५.५१ प्रतिशतका दरले गुमाउँदा रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ५.१ प्रतिशतका दरले गुमाएका छन् । अल्पाइन डेभलपमेन्ट बैंक, हिमालयन बैंक, नेरुडे लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

मंगलबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ७४.५७ अंकले ओरालो लागेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादमूलक र अन्य क्रमशः १९.८, ४२.४४, १४.८२, ७.३, ०.६३, ७.४५ र २.८९ अंकले घटेका छन् ।