गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले मंगलबार (फागुन २४ गते) बोर्डमा निवेदन दिएको हो ।
फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । फाइनान्सको २२ औं बार्षिक साधारणसभाले हकप्रद निष्काशन गर्नेसम्बन्धी निर्णय पारित गरिसकेको छ । हकप्रद सेयर निष्काशनका लागि गोर्खाजले एनआईबीएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल गोर्खाज फाइनान्सको चुक्तापुँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
समस्याग्रस्त अवस्थामा रहेको साविकको गोर्खा विकास बैंक लिमिटेड र काठमाडौं फाइनान्स लिमिटेड गाभिएर गोर्खाज फाइनान्स लिमिटेड बनेको हो ।


