Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

टुरिजम डेभलपमेन्ट बैंकको हकप्रद चैत्र १३ गतेदेखि, कसकसले पाउँछ किन्न ?

२०७३ फाल्गुन २४ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन चैत्र १३ गतेदेखि सुरु हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद खरिद गर्नका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, कुमारी बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेडबाट आवेदन बुझाउन सकिन्छ । 

हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ । टुरिजमले आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहने सक्ने भएर पनि मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।