Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सोमबार कुनकुन कम्पनीका सेयर भए नेप्सेमा सूचिकृत ?

२०७३ फाल्गुन २३ गते

सोमबार १० वटा कम्पनीले नेप्सेमा आफ्नो सेयर सू्चिकृत गराएका छन् । जसमध्ये, तीन वटा फाइनान्स कम्पनी, दुई बीमा कम्पनी, एक लघुवित्त, एक विकास बैंक र तीन वाणिज्य बैंकहरु रहेका छन् । यी कम्पनीले, हकप्रद सेयर, एफपीओ, बोनस सेयर तथा साधारण सेयर सूचिकृत गराएका छन् ।

हेरौँ कुन कम्पनीको कति कित्ता कस्तो सेयर नेप्सेमा थपिए ?

  • युनाईटेड फाइनान्स लिमिटेडको ११ लाख ५९ हजार आठ सय ३६ कित्ता हकप्रद सेयर
  • सिर्जना फाइनान्स लिमिटेडको १० लाख आठ हजार कित्ता बोनस सेयर
  • छिमेक लघुवित्त विकास बैंक लिमिटेडको २३ लाख ८३ हजार दुई सय ३१ कित्ता बोनस सेयर
  • युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच लाख चार हजार कित्ता बोनस सेयर
  • प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सात लाख ४७ हजार पाँच सय सात कित्ता बोनस सेयर
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडको दुई लाख ३१ हजार कित्ता बोनस सेयर
  • नेपाल एसबीआई बैंक लिमिटेडको ६७ हजार सात सय ६७ कित्ता एफपीओ
  • सनराइज बैंक लिमिटेडको १५ लाख १८ हजार एक सय ६९ कित्ता साधारण सेयर (एनआईडी क्यापिटल मार्केट लिमिटेडसँगको एक्विजिसन पश्चात्)
  • ग्लोबल आईएमई बैंक लिमिटेडको नौ लाख २१ हजार एक सय १० दशमलव नौ कित्ता साधारण सेयर (प्यासिफिक डेभलपमेन्ट बैंकसँगको एक्विजिसनपश्चात्)
  • त्रिवेणी विकास बैंकको १५ लाख ५८ हजार २९ दशमलव ०४ कित्ता बोनस सेयर र ४१ लाख ७६ दशमलव ४२ कित्ता हकप्रद सेयर