Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

admin २०७३ फाल्गुन २२ गते
सेयर:

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै सिद्धार्थले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत फागुन १८ गते बोर्डमा निवेदन दिएको हो । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा ८५ करोड १५ लाख पाँच सय ६० रुपैयाँ बराबरको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विmत्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बैंकको सत्रौं बार्षिक साधारणसभाले सेयरधनीलाई २४ प्रतिशत बोनसपछि कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । ६० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २७ करोड नाघ्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर सजिलै अढाई अर्ब चुक्तापुँजी पुर्याई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कायम रहन सक्ने भएर पनि सिद्धार्थले जनता बैंक लिमिटेडसँग एक्विजिसन सम्झौता गरेको छ । जनता र सिद्धार्थबीच गत बुधबार एक्विजिसन सम्झौता भएको हो । यसअघि नै त्रिवेणी विकास बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको जनता बैंकले सिद्धार्थलाई पनि एक्वायर गरेपछि आठ अर्ब चुक्तापुँजी सजिलै पुग्नेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।