Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१२ अर्ब १५ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार

२०७३ फाल्गुन २२ गते

नेपाल राष्ट्र बैंकले १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब १३ करोड रुपैयाँको, १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँको र ३६४ दिने अवधिको चार अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको हो । ट्रेजरी बिल खरिद गर्न चाहनेले सोमबार दिउँसो ३ बजेभित्रमा बोलपत्र पेश गर्नुपर्नेछ ।

यसअघि राष्ट्र बैंकले गत फागुन १५ गते ९१ दिने अवधिको चार अर्ब ५२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा आठ अर्ब १० करोड रुपैयाँको बोल परेको थियो ।