Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ज्योति विकास बैंकको शतप्रतिशत हकप्रद निष्काशनको जिम्मा सिद्धार्थ क्यापिटललाई

admin २०७३ फाल्गुन १९ गते
सेयर:

शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको ज्योति विकास बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंक र सिद्धार्थ क्यापिटल बिच विहीबार सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौता भएको छ । ज्योति विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर र सिद्धार्थ क्यापिटल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय स्तरको बिकास बैंक ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरेपछिको चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकको गत पुस २८ गते सम्पन्न नवौ वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । 

गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेर ज्योतिले एक अर्ब १० करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ नाघ्नेछ । 

बैंकले निक्षेप तथा कर्जा सेवाका साथै ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । बैंकले २९ वटा शाखा संजाल तथा एउटा एक्स्टेन्सन काउन्टर एवं ११ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ भने नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी सो मार्फत सेयर कारोबारमा सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा चालु आ.व. को दोस्रो त्रैमाससम्ममा करिब ९१ हजार सात सय ५५ ग्राहकहरु रहेका छन् । सो अवधिमा बैंकले नौ अर्ब १२ करोड निक्षेप संकलन गरी आठ अर्ब एक करोड कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।