सिन्धु विकास बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत फागुन १२ गते बोर्डमा निवेदन दिएको हो ।
सिन्धुले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन गर्ने निर्णय बैंकको सातौँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
हाल सिन्धु विकास बैंकको चुक्तापुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बैंकको सातौँ साधारणसभाले यो लाभांश पारित गरिसकेको छ । बोनस र हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।



