Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले ५.३ अर्बको ऋणपत्र खरिद गर्ने, बैंकहरुसँग प्रस्ताव माग

२०७३ फाल्गुन १८ गते

नेपाल राष्ट्र बैंकले पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैंकले गत जेठ र असार महिनामा विक्री गरेको ऋणपत्रहरुको बाँकी रकममध्ये पाँच अर्ब ३० करोड रुपैयाँको ऋणपत्र शून्य व्याजदरमा सोझै खरिद गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग आज (फागुन १८ गते बुधबार) अपरान्ह ३ बजेसम्ममा विक्री गर्ने ऋणपत्र पेश गर्न भनेको छ । ऋणपत्र विmत्री गरेवापतको रकमको भुक्तानी पनि बुधबार नै गरिने बताइएको छ ।