टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैंकलाई आइतबार सो अनुमति दिएको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि टुरिजमले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्ने बताइएको छ । आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आफ्नो अस्तित्व सुरक्षित गर्न सक्षम भएर पनि टुरिजमले मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।



