सहयोगी विकास बैंक लिमिटेडले १० बराबर ३.५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत बुधबार (फागुन ११ गते) बोर्डमा निवेदन दिएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेर ३१ करोड ४६ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको सहयोगीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४२ करोड ४७ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


