Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ प्रतिशत हकप्रद जारी गर्न सिटिजन्स बैंकले पायो अनुमति, कति पुग्यो चुक्तापुँजी ?

२०७३ फाल्गुन १२ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद निष्काशनका लागि विहीबार (फागुन १२ गते) बोर्डको अनुमति पाएको हो ।  

सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभाबाट पारित भएबमोजित एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।