Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्रै मिसनको हकप्रद भर्न पाउने

२०७३ फाल्गुन १२ गते

मिसन डेभलपमेण्ट बैंकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले फागुन २३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको जानकारी नेप्सेलाई दिएको हो । जसअनुसार, बैंकको हकप्रद सेयरमा फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

मिसनले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनको लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १९ लाख ४९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर जारी गर्ने निर्णय बैंकको गत फागुनमा सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको थियो ।

हाल मिसनको चुक्तापुँजी १९ करोड ४९ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी झन्डै ४० करोड रुपैयाँ पुग्नेछ ।