Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यती डेभलपमेन्ट बैंकको हकप्रदलाई ग्रेड फोर रेटिङ

२०७३ फाल्गुन ११ गते

यती डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । इक्राले प्रदान गरेको रेटिङ अनुसार बैंक आधारभुत पक्षभन्दा कमजोर रहेको संकेत गर्छ । इक्रा नेपालले कम्पनीको हालको वित्तीय अवस्था लगायत भावी रणनीतिलाई समेत आधार मानेर रेटिङ प्रदान गर्दै आएको छ । 

यतीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६९ करोड ३१ लाख १६ हजार रुपैयाँ बराबरको ६९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकको १४ औ बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल यती डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि यतीको चुक्तापुँजी दुई अर्ब सात करोड रुपैयाँ पुग्छ ।