सोमबार सामान्य घटेर बन्द भएको सेयर बजार मंगलबार पनि घटेरै बन्द भएको छ । स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै बजार बढ्ने अपेक्षा गरिएकोमा त्यसको विपरीत सेयर बजार ७.५४ अंकले घटेर १३५७.५७ अंकमा कायम भएको छ । मंगलबार कारोबार भएकामध्ये होटल, विकास बैंक र उत्पादनमूलक समूह क्रमशः १४.२८, २.७८ र २.५६ अंकले बढेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, बीमा र अन्य भने क्रमशः ५.५, १०.३२, ८.३८, १३८.०८ र ०.२९ अंकले घटेका छन् ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार झन्डै ८२ करोडको कारोबार भएको बजारमा मंगलबार ६० करोड ४३ लाख २३ हजार पाँच सय ५७ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा धेरै दुई करोड ३७ लाख ४४ हजार चार सय २८ रुपैयाँको कारोबार भएको छ । नविल बैंक प्रोमोटरको पनि दुई करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
मंगलबार पनि आईएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले ५.९४ प्रतिशतका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, सृजना फाइनान्स, नेपाल एसबीआई बैंक, लक्ष्मी लघुवित्त, युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, अपि पावर कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
सेती फाइनान्सका सेयरधनीले ९.८९ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, वेष्टर्न डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका सेयरधनीले क्रमशः ६.५१, ५.८६, ५.२६, ५.०१९ र ५.०१६ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, नेपाल इन्स्योरेन्स, नागबेली लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


