Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कसलाई कति पर्यो छ्याङ्दी हाइड्रोपावरको आईपिओ ? 

२०७३ फाल्गुन ९ गते

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको आइपिओको बाँडफाँड सोमबार गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत पुस २० गतेदेखि माघ ५ गतेसम्म दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरेकोमा चार हजार तीन सय ६७ वटा आवेदन परेको थियो । यसमध्ये, रितपूर्वक आवेदन दिने चार हजार तीन सय ६३ जनालाई सेयर वितरण गरिएको हो । 

तीन फरक मोडलमा सेयर वितरण गरिएकोमा आयोजनाका अति प्रभावित क्षेत्रका दुई सय ४७ जनाले एक लाख आठ हजार कित्ता सेयर पाएको कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । 
     
शेयर नपरेको पैसा फागुन १५ गतेदेखि फिर्ता दिइने भएको छ । आवेदकले उल्लेख गरेको बैंक खातामै पैसा पठाइने भएको छ । नेपाल क्लियरिङ हाउसको इन्टर बैंक पेमेन्ट सिस्टममार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको पनि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले आयोजनबाट अतिप्रभावित क्षेत्र फलेनी र बसन्तपुर गाविसका बासन्दिालाई ४० प्रतिशत र प्रभावित क्षेत्र चिति, ढोडेनि, नौथर गाविस र बेसिहर नगरपालिकाका बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर दिएको हो । त्यस्तै कम्पनीले अरु न्यून प्रभावित बासिन्दाका लागि २० प्रतिशत सेयर दिएको छ ।