सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको आइतबार दोहारो अंकले बढेर १३६९.३५ अंकमा पुगेको सेयर बजार सोमबार ४.१६ अंकको गिरावटसँगै १३६५.१९ अंकमा पुगेर बन्द भएको हो । जसअनुसार, मंगलबार होटल र बीमाबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक ९.६६ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ४.५, ३.७५, ५.८७ र ६.०७ अंकले घटेका छन् । होटल र बीमा भने क्रमशः ०.२ र ३६.८४ अंकले बढेका छन् ।
बजार घटेपनि कारोबार रकममा भने राम्रो सुधार देखिएको छ । आइतबार ६६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार ८१ करोड ९८ लाख ५२ हजार पाँच सय ५८ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १३६ वटा कम्पनीको १५ लाख नौ हजार आठ सय ७८ कित्ता सेयर सात हजार नौ सय ५० पटक खरिदविक्री भएका छन् । कुल कारोबारमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको चार करोड २० लाख ७८ हजार आठ सय ७३ रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनी र शिखर इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, प्रभु इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, कासलका माइक्रोक्रेडिट, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
आईएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा विजय लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, मिसन डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, एनआईबिएल समृद्धि फण्ड, मिथिला लघुवित्त र नेको इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९७, ९.७५, ९.१९, ८.८०, ७.४९, ७.१८, ६.२९ र ६ प्रतिशतका दरले कमाएका छन् । यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको भार्गव विकास बैंकका सेयरधनीले ५.३८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सिभिल बैंक, छिमेक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, स्वरोजगार लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, पूर्णिमा विकास बैंक, हाम्रो विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


