Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद जारी गर्न मिसनले पायो अनुमति

२०७३ फाल्गुन ९ गते

मिसन डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकले सोमबार अनुमति दिएको हो । 

मिसनले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर जारी गर्नका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल मिसन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ४९ लाख २५ हजार एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।