Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै गरिमा विकास बैंक

admin २०७३ फाल्गुन ८ गते
सेयर:

गरिमा विकास बैंकले १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको बैंकले बोनस सेयर वितरण गरिसकेपछि कायम हुने चुक्तापुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव बैंकको गत शुक्रबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकको चुक्तापुँजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । उक्त पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।   

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।