Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कैलाश विकास बैंकको हकप्रद खुल्यो, पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७३ फाल्गुन ६ गते

कैलाश विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ कित्ता सेयरको बिक्री शुक्रबारदेखि खुला गरेको हो । 

बैंकको हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम लगानीकर्ताले फागुन ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाइने बताइएको छ । 

कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर बनेको कैलाश विकास बैंककोे चुक्ता पुँजी हाल एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद वितरणपश्चात बैंकको चुक्तापूँजी एक अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।