२०७३ फाल्गुन ५ गते

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार ४१ अंकले बढेको सेयर बजार विहीबार २७.०५ अंकको वृद्धिसँगै १३४३.८५ अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलक र अन्यबाहेक विहीबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २९०.२७ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः २६.३७, २४.६८, २४.०६, १४.१४ र ११.६१ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ६.३५ र ६.६५ अंकले घटेका छन् । 

बजारसँगै विहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ५२ करोडको कारोबार भएको बजारमा विहीबार ६५ करोड ७१ लाख ९१ हजार पाँच सय ११ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४५ वटा कम्पनीको २६ लाख ६५ हजार ५६ कित्ता सेयर सात हजार दुई सय ६१ पटक खरिदविक्री भएका छन् । कुल कारोबारमध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा धेरै चार करोड नौ लाख ६१ हजार छ सय ८८ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको तीन करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ । सानिमा बैंक, शिखर इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक लगायतको एक करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

नेपाल इन्स्योरेन्स कम्पनी, नविल व्यालेन्स फण्ड, एभरेष्ट इन्स्योरेन्स र एनबी इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, भार्गव विकास बैंक, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतले ९.८९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको दिव्यश्वरी हाइड्रोका सेयरधनीले ९.८९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने मिसन डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सका सेयरधनीले क्रमशः ६.३४ र ५.६६ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी भ्यालु फण्ड, फस्र्ट माइक्रोफाइनान्स, नेशनल हाइड्रो, रिलायन्स फाइनान्स, बोटलर्स नेपाल, तारागाउँ रिजेन्सी, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।