Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद खुल्यो : पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७३ फाल्गुन ३ गते

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । 

कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ३ गते देखि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटलको कार्यालय र एनएमबि बैंकका उपत्याका भित्र र बाहिरका गरी १६ वटा स्थानबाट आवेदन दिन सकिनेछ । 

हाल नेको इन्स्योरेन्सको चुक्तापुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।