Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो दिव्यश्वरी हाइड्रोको सेयर कारोबार

२०७३ फाल्गुन २ गते

सोमबारदेखि दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डिएचपीएल कोडबाट दिव्यश्वरीका सेयर कारोबार हुने नेप्सेले जनाएको छ । दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । हाइड्रोले गत साता नेप्सेमा २६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गराएको थियो ।

दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको संख्या एघार पुगेको छ ।

कम्पनीले संखुवासभाको धुपु गाविसमा चार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाइड्रोले आगामी साउनदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।