नेपाल एसबीआई बैंक लिमिटेडले एफपिओमा नपरेको पैसा माघ २८ गतेदेखि फिर्ता दिन सुरु गरेको छ । आवेदकले एफपिओको फारम बुझाएको स्थानबाटै रकम फिर्ता पाउने बताइएको छ ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि पुस ११ गतेदेखि पुस १४ सम्म छ करोड ५८ लाख रुपैयाँ बराबरको ६७ हजार सात सय ६७ कित्ता एफपीओ जारी गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियो । उक्त एफपिओका बाँडफाँड गत माघ २३ गते गरेको थियो ।


