बुधबार नेपाल स्टक एक्सचेञ्जमा चार वटा कम्पनीको बोनस सेयर सूचिकरण गरिएको छ । तीन वटा विकास बैंक र एउटा बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएका हुन् । यी कम्पनीले कुल ४९ लाख २८ हजार छ सय ६८ दशमलव सात कित्ता बोनस सेयर सूचिकृत गराएको नेप्सेले जनाएको छ ।
कुन कम्पनीको कति सेयर थपियो नेप्सेमा ?
- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ५७ हजार तीन सय ७७ दशमलव सात कित्ता बोनस सेयर
- कन्काई विकास बैंक लिमिटेडको दुई लाख ५० हजार कित्ता बोनस सेयर
- गण्डकी विकास बैंक लिमिटेडको १० लाख ५३ हजार नौ सय ६२ कित्ता बोनस सेयर
-
सहयोगी विकास बैंक लिमिटेडको पाँच लाख ६७ हजार तीन सय २९ कित्ता बोनस सेयर


