Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निर्धन उत्थान बैंकको मुनाफामा ११३ प्रतिशत वृद्धि

२०७३ माघ २६ गते

निर्धन उत्थान बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष एक सय १३ दशमलव २४ प्रतिशत बढी नाफा कमाएको हो ।

६० करोड रुपयैयाँ चुक्ता पूँजी भएका बैंकले निक्षेपमा २५ दशमलव ६१ प्रतिशतले वृद्धि गरी पाँच अर्ब २२ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ४६ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ११ अर्ब ५४ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४९ दशमलव ४८ प्रतिशतले बढेर ७३ करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय २० दशमलव १८ प्रतिशतले बढेर ४६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ८३ प्रतिशत रहेको बैंकले एक करोड ४१ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने जगेडाकोषमा ७९ करोड ९१ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १ सय दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३९ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ३३ दशमलव २० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५८ प्रतिशत रहेको छ ।