
बैंकिङ खबर / हिमालयन बैंक लिमिटेडले ८ लाख ५० हजार १२४ दशमलव ५७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ । बैंकले चार जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले आइतबारदेखि संस्थापक सेयर बिक्रीका लागि आवेदन माग गरेको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदको प्राथमिकता दिइएकोमा सो प्रक्रिया पूरा भएपछि अन्य इच्छुक व्यक्ति तथा कम्पनीका लागि पनि सेयर खरिद गर्ने बाटो खुलेको हो ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले बैंकले सूचना जारी गरेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन कमलादीस्थित हिमालयन बैंकको कानून विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा बैंकले प्रचलित कानुनी व्यवस्था तथा नियामकीय प्रक्रियाअनुसार संस्थापक सेयर बिक्रीको प्रक्रिया अघि बढाउने जनाएको छ ।