Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जोशी हाइड्रोपावरको आईपीओले पायो ग्रेड फाइभ रेटिङ

२०७३ माघ २६ गते

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्दैछ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आयोजना प्रभावितका लागि सो अनुपातमा सेयर निष्काशन गर्ने अनुमति माग गर्दै गत पुस १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।