Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भैरवकुण्ड हाइड्रोपावरले तीन लाख कित्ता आईपीओ जारी गर्ने

२०७३ माघ २६ गते

भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्न लागेको हो । 

६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हालसम्म ७३ करोड रुपैयाँ लगानी गरेको छ । यो कम्पनी २०६६ जेठ २५ मा गते भैरवकुण्ड हाईड्रोपावर प्रा.लि र २०७३ असार १२ गतेबाट पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । कम्पनी पब्लिक लिमिटेडमा दर्ता भएको एक वर्ष पुरा भए पछि मात्रै साधारण सेयर निष्काशन गर्न पाउने प्रावधान रहेको छ । जसअनुसार, भैरवकुण्डले आगामी असारमा साधारण सेयर जारी गर्ने तयारी गरेको बताइएको छ ।  

यस कम्पनीले वि.सं. २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–.४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा निर्माण कार्य सुरुवात गरेको थियो ।