Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सोमबारको सेयर बजार : दोहोरो अंकले घट्दा पनि २३ कम्पनीले कमाए

२०७३ माघ २४ गते

सोमबार सेयर बजार दोहोरो अंकले घट्दा पनि २३ कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । नेप्से परिसूचक  घट्दा २३ वटा कम्पनीको सेयरमूल्य अधिकतम ३.८४६२ प्रतिशतदेखि न्यूनतम ०.१८५५ प्रतिशतसम्मले बढेको हो । सोमबार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका सेयरधनीले कमाएका छन् भने सबैभन्दा कम कमाउनेमा एपेक्स डेभलपमेन्ट बैंकका सेयरधनीले रहेका छन् । यसबाहेक, महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स र लुम्बिनी फाइनान्सका सेयरधनीले ३ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, हाम्रो विकास बैंक, अरुण भ्याली हाइड्रो, पूर्णिमा विकास बैंक, जनउत्थान सामुदायिाक लघुवित्त, लक्ष्मी भ्यालु फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा युनाइटेड फाइनान्स रहेको छ, जसका सेयरधनीले ९.०९ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएको छन् । फस्र्ट माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, भार्गव विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकका सेयरधनीले क्रमशः ७.६४, ६.३३, ५.२३, ५.१७ र ५.१६ प्रतिशतका दरले गुमाएका छन् । साझा विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, रुरल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

१३४ वटा कम्पनीको छ लाख २७ हजार आठ सय ४० कित्ता सेयर तीन हजार ९४ पटक खरिुदविक्री भएको बजारमा अन्य समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १२४.३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः १५.९६, ४८.९४, १४.१३, ४.६६ र ९.१२ अंकले घटेका छन् । अन्य समूह भने १.७४ अंकले बढेको छ । 

बजार घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ । आइतबार २६ करोडको कारोबार भएको बजारमा सोमबार २३ करोड ६१ लाख ५१ हजार सात सय ४१ रुपैयाँको मात्रै कारोबार भएको छ । कुल कारोबारमध्ये, सबैभन्दा धेरै प्रभु बैंकको एक करोड ३५ लाख ६७ हजार ६१ रुपैयाँको कारोबार भएको छ । डिप्रोक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, जलविद्युत् लगानी तथा विकास कोष, स्टान्डर्ड चार्टर्ड बैंक, नागरिक लगानी कोष र सिटिजन्स बैंकको क्रमशः ८९ लाख, ७१ लाख, ७० लाख, ६९ लाख, ६७ लाख, ६३ लाख र ५९ लाख रुपैयाँको कारोबार भएको छ ।