नेपाल स्टक एक्सचेञ्जमा नौ कम्पनीले बोनस, हकप्रद तथा साधारण सेयर सूचिकृत गराएका छन् । यी कम्पनीले एक करोड ३१ लाख आठ हजार २० दशमलव चार कित्ता सेयर सूचिकृत गराएका हुन् । १५ लाख ९५ हजार एक सय ७९ दशमलव ९२ कित्ता बोनस सेयर, ८८ लाख ७२ हजार आठ सय ४० दशमलव पाँच कित्ता हकप्रद सेयर र २६ लाख ४० हजार कित्ता साधारण सेयर नेप्सेमा थपिएका हुन् ।
हेरौँ, कुन कम्पनीको कति सेयर नेप्सेमा सूचिकृत भए ?
- हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको दुई लाख ६५ हजार दुई सय कित्ता बोनस सेयर
- रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ७० हजार नौ सय ५३ कित्ता बोनस सेयर
- प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडको दुई लाख ४० हजार सात सय १६ कित्ता बोनस सेयर
- हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ लाख ४२ हजार कित्ता बोनस सेयर
- पोखरा फाइनान्स लिमिटेडको छ लाख ६३ हजार १० दशमलव ९२ कित्ता बोनस सेयर
- कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको एक लाख १० हजार कित्ता बोनस सेयर
- कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको चार लाख कित्ता हकप्रद सेयर
- सिद्धार्थ बैंक लिमिटेडको ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर
- मनास्लु विकास बैंक लिमिटेडको नौ लाख १७ हजार छ सय ४७ दशमलव पाँच कित्ता हकप्रद सेयर
- दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडको २६ लाख ४० हजार कित्ता साधारण सेयर


