Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बाँडियो नेपाल एसबीआई बैंकको एफपीओ 

२०७३ माघ २३ गते

नेपाल एसबीआई बैंकले निष्काशन गरेको ६७ हजार सात सय ६७ कित्ता थप नयाँ सेयर अर्थात एफपीओ आइतबार बाँडफाँड भएको छ । कुल ५७ हजार भन्दा बढी आवेदन परेकोमा छ हजार सात सय ७० जनाले बैंकको सेयर पाएका छन् । जसमध्ये, सात जनाले ११ कित्ता, एक जनाले १० दशमलव ८७ कित्ता र बाँकी छ हजार सात सय ६२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । 

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ पुस १० देखि १३ गतेसम्म निष्काशन गरेको थियो । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गरेको हो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजीमा ६७ लाख रुपैयाँ थपिने छ । बाँकी प्रिमियमवापतको रक मभने जगेडाकोषमा जम्मा हुनेछ ।