राप्तीभेरी विकास बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले गत माघ १४ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले २८ करोड ७५ लाख ३० हजार आठ सय २० रुपैयाँ बराबरको २८ लाख ७५ हजार तीन सय आठ दशमलव दुई कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हाल राप्तीभेरी विकास बैंकको चुक्ता पूँजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ ।
हकप्रद सेयर निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।



