Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीव्र उतारचढाबसँगै १३८२.८१ अंकमा झरेर बन्द भयो सेयर बजार

२०७३ माघ २० गते

साताको अन्तिम दिन सेयर बजार ७.०२ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै तीव्र उतारचढाव आएको बजार १३८२.८१ अंकमा झरेर बन्द भएको हो । विहीबार विकास बैंकबाहेक सबै उपसूचक रातो भएका छन् । सबैभन्दा धेरै होटल समूह ३२.५ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ३.६५, २३.९७, ९.४८, २५.९४, ३.४९ र १६.२ अंकले घटेका छन् । विकास बैंक भने १.०२ अंकले बढेको छ । 

विहीबार सेयर बजारमा ५४ करोड एक लाख ८२ हजार सात सय ५६ रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा १४० वटा कम्पनीको १२ लाख ८८ हजार छ सय २२ कित्ता सेयर पाँच हजार चार सय ४१ पटक खरिदविक्री भएको छ । कुल कारोबारमध्ये, नेपाल एसबीआई बैंकको चार करोड आठ लाख ३२ हजार आठ सय छ रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ९७ लाख, प्रभु बैंकको दुई करोड ९२ लाख, सानिमा बैंकको दुई करोड ४६ लाख, गरिमा विकास बैंकको दुई करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९८ लाख र बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, कुमारी बैंक लगायतको एक करोड ३० लाखमाथिको कारोबार भएको छ । 

नेरुडे लघुवित्त र राप्तीभेरी विकास बैंकका सेयरधनीले ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा जानकी फाइनान्सका सेयरधधनीले ८.०२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, साझा विकासक बैंक र गुहेश्वरी मर्चेन्ट बैंकका सेयरधनीले क्रमशः ७.७९, ७.१४, ७.०८ र ६.१२ प्रतिशतका दरले कमाएका छन् । छिमेक लघुवित्त, कालिका माइक्रोक्रेडिट, समित माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सहयोगी विकास बैंकका सेयरधनीले ८.५५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा एनएमबि बैंक प्रोमोटर र पोखरा फाइनान्सका सेयरधनीले क्रमशः ६.७१ र ६.०८७ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् भने सगरमाथा फाइनान्स, रुरल माइक्रोफाइनान्स र जलविद्युत लगानी तथा विकास कोषका सेयरधनीले क्रमशः ५.७३, ५.२३ र ५.१४ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्स, नेशनल हाइड्रो, सोल्टी होटल, सेती फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।