Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नौ लाख कित्ता हकप्रद निष्काशन गर्न नेरुडे लघुवित्तले पायो अनुमति

२०७३ माघ २० गते

नेरुडे लघुवित्त विकास बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक को अनुपातमा हकप्रद सेयर जारी गर्ने अन्मति पाएको हो । नेरुडेले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरका नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले गत असोज २८ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट हकप्रद र बोनस दुबै प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर र बोनस सेयर वितरण गरिसकेपछि नेरुडे लघुवित्तको चुक्तापुँजी ३० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।