Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले ३६६ दिने मुद्दति निक्षेपको रुपमा बैंकहरुलाई सवा एक अर्ब उपलब्ध गराउने

२०७३ माघ २० गते

नेपाल राष्ट्र बैंकले सवा एक अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको एक अर्ब २६ करोड ३७ लाख ९१ हजार रुपैयाँ लगानी गर्नुपरेको जानकारी दिँदै रकम चाहने क वर्गका बैंकहरुलाई माघ २३ गतेभित्रमा शिलबन्दी दरभाउपत्र फारम बुझाउन आह्वान गरेको छ । राष्ट्र बैंकले आगामी फागुन १ गतेदेखि ०७४ माघ २९ गतेसम्म अर्थात कुल ३६६ दिनको लागि मुद्दति निक्षेपको रुपमा सो रकम उपलब्ध गराउन लागेको हो । निम्न शर्तहरु पूरा गरेका क वर्गका बैंकले आफूले लिन चाहेको रकम तथा सो रकमका लागि तोकिएको व्याजदरसहित फारम भरी आगामी आइतबार अपरान्ह ३ बजेभित्रमा बुझाइसक्नुपर्नेछ । 


थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/fmd/inv_notices/Investment_Notice_2073.10.19.pdf