मंगलबार नेपाल स्टक एक्सचेञ्जमा पाँच वटा कम्पनीको एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता सेयर सूचिकृत भएको छ ।
मंगलबार नेप्सेमा प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै अर्थात एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ३३ दशलमव ३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।
त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्सको १२ लाख ५० हजार कित्ता हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । इन्स्योरेन्सले केही समय अघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।
सिन्धु विकास बैंकको १२ लाख नौ हजार तीन सय ७५ कित्ता हकप्रद र दुई लाख तीन हजार एक सय ७५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ८० प्रतिशत हकप्रद निष्काशन गरी १७ प्रतिशत बोनस बितरण गरेको थियो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ११ लाख कित्ता हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । उसले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।
तिनाउ डेभलपमेण्ट बैंकको छ लाख ८२ हजार सात सय ४० कित्ता बोनस सेयर पनि मंगलबार नै नेप्सेमा सुचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण गरेको थियो ।




