साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समितिले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनश सेयर र पाँच प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
हालसम्म कर्पोरेसनको नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता सेयर सुचिकृत छन् । ५३ वर्ष लामो इतिहास बोकेको कम्पनीमा ८९ प्रतिशत प्रबद्र्धकको लगानी रहेको छ भने २१ प्रतिशत सर्बसाधारणको लगानी रहेको छ ।
