Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा छ वित्तीय संस्थाको सवा दुई अर्ब लगानी

२०७३ माघ १८ गते

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।  आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे । 

कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ । आयोजनाको लागत रु तीन अर्ब २६ करोड रहने छ, जसमा रु ९८ करोड प्रवद्र्धको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिइएको हो । आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता बलबहादुर केसी, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (माओवादी केन्द)का पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गरे ।

सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ। आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ । रासस