Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२५ करोडको ट्रेजरी बिल विक्री

२०७३ माघ १७ गते

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । ९१ दिने ट्रेजरी बिलका लागि सोमबार अर्थात माघ १७ गते बोलकबोल भएको हो । माघ १८ गते राष्ट्र बैंकले ट्रेजरी बिल निष्काशन गर्नेछ, जुन आगामी बैशाख १९ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि माघ १० गते पनि ५० करोडको ट्रेजरी बिल विक्री गर्नका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा तीन अर्ब १८ करोड रुपैयाँको बोल परेको थियो । ९१ दिने अवधिको सो ट्रेजरी बिल आगामी वैशाख १२ गते परिपक्व हुनेछ ।