Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोशीको हकप्रद भर्नुभयो ? फागुन १ गतेसम्म छ म्याद, यसरी दिनुस् आवेदन

२०७३ माघ १६ गते

सप्तकोसी डेभलपमेण्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता हकप्रद आइतबार (पुस २४ गते)देखि निष्काशन गरेको हो । सेयर निष्काशन आगामी फागुन १ गते कार्यालय समयपश्चात् बन्द हुनेछ ।  

सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । पुस ७ गतेसम्म कायम सेयरधनीले निम्न स्थानबाट हकप्रद भर्न पाउनेछन् ।


 
हाल सप्तकोसीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ ।