Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

देवः विकास बैंकको हकप्रद भर्ने म्याद फागुन १५ सम्म, यसरी दिनुस् आवेदन

२०७३ माघ १६ गते

देवः विकास बैंकको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा ४४ लाख ५ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन फागुन १५ गतेसम्म खुला रहनेछ । पुस १३ गतेसम्म कायम सेयधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर एनआईबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट, देव विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय पोखरा, विराटनगर र विरगञ्ज तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखाबाट पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । 

हकप्रद निष्काशन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरेको हो । हाल देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार दुई सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने १२ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर र बोनस सेयर दुबै वितरण गरेपछि देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।