Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकसँग मर्जरमा जान लागेको टुरिजमले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७३ माघ १६ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले माघ ११ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

गत माघ ६ गते मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको बैंकले ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद जारी गरेपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ । आफैँ चुक्तापुँजी पुर्याउन सक्ने देखिएपनि टुरिजमले मेगा बैंकसँग १००ः९५ को स्वाप रेसियोमा गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । यसबाहेक, टुरिजमले हाल कायम चुक्तापुँजीको १८.६० प्रतिशत बोनस सेयर पनि वितरण गर्दैछ ।