Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१३७५ अंकमा झर्यो सेयर बजार, सबै उपसूचक घट्दा कारोबारमा पनि सामान्य गिरावट

२०७३ माघ १३ गते

साताको अन्तिम दिन सेयर बजार २१.५१ अंकले घटेर १३७५.१० अंकमा कायम भएको छ । कारोबार भएका सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १०१.५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, र अन्य क्रमशः २३.३५, ५.५५, १८.६२, ३.२३, ९.०८ र १२.७२ अंकले घटेका छन् । 

बुधबारको तुलनामा कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । बुधबार झन्डै ५९ करोडको कारोबार भएको बजारमा विहीबार साढे ५१ करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख ४५ हजार चार सय ४९ कित्ता सेयर पाँच हजार पाँच सय ३४ पटक खरिदविक्री हुँदा ५१ करोड ५७ लाख ८० हजार चार सय ६२ रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये, प्रभु बैंकको तीन करोड १३ लाख ११ हजार एक सय ३० रुपैयाँको कारोबार भएको छ भने सिद्धार्थ बैंकको दुई करोड ९९ लाख ८९ हजार सात सय ७४ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको झन्डै साढे दुई करोडको कारोबार हुँदा एनबी बैंकको एक करोड ८९ लाख र बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ८६ लाखको कारोबार भएको छ भने एभरेष्ट बैंक, सानिमा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ७० लाखभन्दा माथिको कारोबार भएको छ । कृषि विकास बैंक, नागरिक लगानी कोष लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ । 

विहीबार जम्मा १४ वटा कम्पनीका सेयरधनीले अधिकतम ८.५ प्रतिशतदेखि न्यूनतम ०.३५ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । तारा गाउँ रिजेन्सीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने नयाँ नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । एनआईबीएल समृद्धि फण्ड र वेष्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.७१ र ५.३८ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड फाइनान्स, खानीखोला हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, ग्लोबल आईएमई समुन्नत स्किम, नेपाल इन्स्योरेन्स, अपि पावर कम्पनी, साना किसान विकास बैंक, वरियन्टल होटल्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा माइ हाइड्रोका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको एनएमबि बैंकका प्रोमोटर सेयरधनीले १०.२५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सिनर्जी फाइनान्स र कृषि विकास बैंकका सेयरधनीले क्रमशः ८.२१९२ र ६.१२२४ प्रतिशतका दरले गुमाएका छन् । भार्गव विकास बैंक, प्राइम बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, किसान माइक्रोफाइनान्स र जानकी फाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।